Logo
Logo

रवीन्द्र र धवललाई भेट्न दोस्रो पटक हिरासतमै पुगे लिङ्देन


2.4k
Shares

काठमाडौं । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई भेट्न अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक हिरासत पुगेका छन् । गत शुक्रवार (१५ चैत) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एक पटक भेट गरेका थिए ।

शनिवार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मङ्गलवार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौं का अनुसार मङ्गलवार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए । लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए ।मङ्गलवार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्