
कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रुपमा चयन भएका छन् ।
धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट खड्काको नेतृत्वमा एक सय ३१ सदस्यीय कमिटी चयन भएको हो । उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कँुवर, सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खड्काले पार्टी सङ्गठन सुदृढ गर्ने कार्यसँगै सङ्गठन विस्तारको कार्यलाई तीव्रता दिइने बताए । पार्टीको प्रदेश अधिवेशन यही चैत १७ गतेदेखि सुरु भएको थियो । अधिवेशनका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।














