Logo
Logo

मेयर बालेनले शान्तिपूर्वक र्‍याली निकालेकोमा शिक्षकलाई दिए धन्यवाद  


1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधवार प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई धन्यवाद दिएका छन् । उनले आन्दोलनको क्रममा कुनै फोहो नगरेको र शान्तिपूर्ण तवरले आन्दोलन गरेको भन्दै धन्यवाद दिएका हुन् । 

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भडियो सेयर गर्दै लेखेकाछन्,‘हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो ।’ उनले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताउँदै काठमाडौंमा प्रदर्शनका क्रममा देखिएको दृश्य आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन् ।

मेयर शाहले भनेका छन्, ‘सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईँले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईँहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ ।’

उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन् । ‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एक दिन आफ्नो अधिकारको लागि काठमाडौँ धाइरहनु नपरोस्,’ उनले भनेका छन् ।

काठमाडौंमा आज भएको शिक्षकहरूको आन्दोलनले भने काठमाडौंका सीमित ठाउँको जनजिन कष्टकर बनेको थियो । काठमाडौंका विभिन्न बाटाहरु लामो समयसम्म जाममा परेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधवार काठमाडौंमा र्‍यालीको आयोजना गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्