Logo
Logo

आगलागीमा परेर १८ वर्षीय महिलाको मृत्यु


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपनस्थित तेन्जिङचोकमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ घर भएकी १८ वर्षीया मुमेन तामाङको आगलागीमा परेर मृत्यु भएको  छ ।

तामाङ तेन्जिङचोकस्थित राजेश चन्द्र गिरीको घरमा डेरा गरेर बस्ने गरेकी थिइन् । बुधवार साँझ करिब साढे ५ बजेको समयमा उनको कोठामा आगलागी भएको थियो । लगत्तै उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि चाबहीलस्थित ओम अस्पताल पुर्‍याएको थियो ।

 प्रहरीका अनुसार उपचारको क्रममा उनको ६ बजेर २० मिनेटमा मृत्यु भएको हो । उक्त घरमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्