Logo
Logo

नियमित काममा फर्किए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं


2.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा प्रवेश गरेका छन् । ढोकामा लगाएको ताला नगर प्रहरीले फोडेपछि उनलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।

कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यकक्ष प्रवेश गरेसँगै गुरागाईंले जिम्मेवारी सम्हालेका छन् । त्यसअघि आजै मेयर अनुपस्थित रहेको कार्यपालिका बैठक बसेर ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनीता डंगोलले गरेकी थिइन् ।
गुरागाईं कार्यालय जाने चर्चाबीच आज मेयर बालेनको निर्देशनमा नगर प्रहरीले उनको कार्यकक्षमा ताला लगाएको थियो ।

काठमाडौं टावर १९ तलाको बनाउन स्वीकृति दिएको पाइएपछि गुरागाईंलाई बाालेनले पुस १४ गतेदेखि निलम्बन गरेका थिए । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिएपछि उनी महानगरमा काम गर्द आएका हुन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000