Logo
Logo

कार्यकक्षमै इन्सपेक्टरलाई डेढ लाख घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असार ।
लागूऔषध मुद्दाका अभियुक्त छुटाउन भन्दै कार्यकक्षमै गएर इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिने पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, घोराही दाङमा कार्यरत इन्सपेक्टर दिनेश रिमाललाई घुस दिने लमहीका समिर भण्डारीलाई प्रहरीले पैसासहित पक्राउ गरेर थुनामा राखेको छ ।


वडा प्रहरी कार्यालय घोराहीले दुर्गाराम खत्रीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनलाई छुटाउन भन्दै ती व्यक्ति डेढ लाख लिएर इन्सपेक्टरको कार्यकक्षमा पुगेका थिए । खत्रीविरुद्ध कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्