
काठमाडौं । पाँचथरको कुम्मायकमा डढेलोमा परि एक युवतीको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी वनमा लागेको डढेलोमा परि कुम्मायक गाउँपालिका ३ ताम्राखुकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो ।
डढेलोमा परी गम्भीर घाइते भएकी उनको अस्पताल लैजाने क्रममा बाटोमै मृतयु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।
डढेलोमा परि घाइते भएका २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी छोरी ११ वर्षीया सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपचार भइरहेको छ । आगो निभाउने क्रममा कुम्मायक–१ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ ।














