
काठामाडौं । नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा आफू प्रहरी अधिकृत भएको बताउँदै होटल सञ्चालकलाई धम्की दिने हरिवन नगरपालिका – ६ का २९ वर्षीय अनुक्रम खरेललाई प्रहरीले पक्राउ गरेको हो ।
खरेलको नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) फेला परेको थियो ।
हाल खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।














