Logo
Logo

आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै कुलमान


945
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशन कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दैछन् ।
उनले आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्दे्रणी कम्प्लेक्समा पत्रकार सम्मेलन बोलाएका हुन् ।

आफूलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि पत्रकार सम्मेलनमार्फत प्राधिकरणमा रहँदा गरेका कामहरुबारे जानकारी दिने र आफ्नो बर्खास्तीका विषयमा पनि मत राख्नेछन् ।

तीन दिन लगातारको सुनुवाइपछि बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार अब नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नै रिटको अन्तिम टुंगो नलागेसम्म निरन्तर काम गर्न पाउने भएका छन् ।

इजलासले अन्तरिम आदेश नदिए पनि रिटलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनेको छ । कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सरकारले यही ११ चैतमा कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको पदावधि ४ महिना बाँकी थियो । उता, हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेर रिट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्