Logo
Logo

शिक्षक आन्दोलनलाई विश्व शिक्षक महासंघको ऐक्यबद्धता 


11k
Shares

काठमाडौं । विश्वका प्रगतिशील र समाजवादी शिक्षकहरूको अन्तर्राष्ट्रिय संस्था, विश्व शिक्षक महासङ्घ(WFTU-FISE) को २०औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालको शिक्षक आन्दोलनलाई ऐक्यबद्धता र सहयोगको सन्देश पठाएको छ ।

सम्मेलनमा सहभागी विश्वभरका शिक्षक सङ्घहरूको प्रतिनिधिहरूले नेपाली शिक्षकहरूको सङ्घर्षलाई गम्भीरताका साथ  र समर्थन जनाएका हुन् । नेपाली शिक्षक महासङ्घ (CNT) र नेपालका शिक्षक तथा विद्यालय कर्मचारीहरूको नेतृत्वलाई स्वागत गर्दै, सम्मेलनले शैक्षिक अधिकार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने क्रममा नेपालको सङ्घर्षलाई एक महत्त्वपूर्ण उदाहरणको रूपमा प्रस्तुत गरेको छ।

विश्व शिक्षक महासङ्घले भनेको छ, ‘नेपालका शिक्षकहरू र शिक्षक महासङ्घ (CNT) को निरन्तर सङ्घर्ष, जो शिक्षा क्षेत्रका सामाजिक न्याय, समानता र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नको लागि जारी छ, त्यो हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनसँग गहिरो सम्बन्ध राख्छ।’

सम्मेलनमा विश्व शिक्षक महासङ्घले नेपाली शिक्षकहरूको सङ्घर्षलाई समर्थन गर्दै पठाएको सन्देश :

प्रतिक्रिया दिनुहोस्