काठमाडौं । संघीयता खारेजीको मागसहित राष्ट्रिय जनमोर्चाले राजधानी काठमाडौंमा साताव्यापी आन्दोलन सुरु गरेको छ। आइतबार शान्तिवाटिकामा आयोजित सभामार्फत आन्दोलनको सुरुवात गरिएको हो।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको नाममा सत्तामा बसेकाहरूले राज्य लुट्ने काम गरेको आरोप लगाए। उनले जनतामा बढ्दो असन्तुष्टि त्यसकै परिणाम भएको बताएका छन्।
उनका अनुसार संघीयता नेपालको आवश्यकता नभई सत्ताका भागबण्डा मिलाउने माध्यम बनेको छ। ‘संघीयता खारेज गरेर एकीकृत राष्ट्र बनाउनु अहिलेको आवश्यकता हो,’ केसीले भने।














