Logo
Logo

हत्याको २१ वर्षपछि पक्राउ परे हत्यारा


630
Shares

काठमाडौं । हत्यामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक व्यक्तिलाई १७ वर्षपछि पक्राउ गरिएको छ । पर्साको विन्दबासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेलीलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार तेलीले जग्गा विवादमा साविक बहुअर्वाभा गाविस-५ का ढोडा मुखिया विनलाई २५ वैशाख २०६४ मा गोली प्रहार गरी हत्या गरेका थिए । विनलाई जग्गा विवाद विषयमा छलफल गर्न बोलाएर गोली हानी हत्या गरी फरार भएका थिए ।

२४ कात्तिक २०६९ को सर्वोच्च अदालतको फैसलाले साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्म कैदको सजाए सुनाएको थियो ।विनको हत्यापछि साह भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए ।

वीरगञ्जबाट सोमबार साधुको भेषमा पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि आज मङ्गलवार जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्