काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै पनि परिस्थितिमा संवैधानिक राजा बन्न नसक्ने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले शाहलाई जति धोएर सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नहुने बताएका छन् ।

महामन्त्री थापाले नेपाली कांग्रेसले लामो संघर्ष र अनुभवको आधारमा यो निर्णय गरेको बताए । उनले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाए, र प्रश्न गरे, ‘नारायणहिटीमा भए के गर्लान्र’ उनले शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई साथमा ल्याएर उत्पात मच्चाएको आरोप पनि लगाए । उनले जनताले छानेका प्रतिनिधि नै देश चलाउन सक्षम रहेको आफ्नो भनाइ दोहोर्याए।














