काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ पाँच बजे शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ।यसअघि मन्त्रालयले वार्ताका लागि पटक-पटक आह्वान गरे पनि महासङ्घ सहभागी भएको थिएन ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भने, ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ ।’
सहमतिका लागि वार्तामा बस्न आवस्यक आधारबारे प्रारम्भिक छलफलका लागि सरकारले बोलाएको सुवेदीको भनाइ छ ।
महासङ्घको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा टोली छलफलमा सहभागी हुनेछ ।
नेपाल शिक्षक महासङ्घले नौ दिनदेखि काठमाडौँमा केन्द्रित आन्दोलन गरिरहेको छ।














