Logo
Logo

चल्न थाले सार्वजनिक सवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । कोरोनाभाइरसको संक्रमणसँगै लकडाउनका कारण साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।
एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासंघ र मजदूर संगठनसँगको छलफल अघि बढाइरहेको छ । सोमबार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासंघसँगै मजदूर संगठनसँग छलफल ग।ेका थिए ।
बुधबार पनि विभागमा व्यवसायी, मजदूर संघठनसँगै स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल भएको छ । अहिले महासंघले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमासमेत आवाज उठाएको महासंघका महासचिव सिटौलाले बताए ।
काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को संक्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उनले बताउए । अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।
लामो समयसम्म थन्किएका सवारीसाधनको मर्मत बाँकी भएको, मर्मतकै लागि कतिपय वर्कसपका मिस्त्री बाहिर रहेको र अहिले पनि धेरै चालक, सहचालक सम्बन्धित स्थानमा नरहेकाले तत्काल सञ्चालन गर्ने अवस्था नभएको बताइएको छ । पहिले जसरी जुनसुकै स्थानमा सवारीसाधन नरोकिने गरी छलफल भइरहेको उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सरकारले पनि आज निर्णय गरेर बिहीबारदेखि नै सबै सवारीसाधन चल्छन् भन्ने नसोचेको बताए । लामो समय थन्किएका सवारीसाधन मर्मत गरेर सडकसम्म ल्याउन समय लागेको उनको भनाइ छ । त्यससँगै यात्रु र चालकलाई कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भनि विभागमा छलफल भइरहेको छ । सवारीसाधन एकै पटक ठूलो संयामा सडकमा आएपनि यात्रु कम हुने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले व्यवसायीलाई पनि सञ्चालन गर्नैपर्छ भन्ने अवस्था छैन ।’
सवारीसाधन सञ्चालनका लागि धेरै कर्मचारी घर गएकाले मजदूर व्यवसायी संगठनले तीनलाई फर्काउन विभागले समन्वय गर्नुपर्ने माग गरेका छन् । गृह मन्त्रालयसँग समन्वयमा उनीहरुलाई फर्काइने महानिर्देशक हमालले बताए । सार्वजनिक सवारीसाधन संक्रमण फैलाउन सक्ने हुनाले त्यसमा सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्