Logo
Logo

सशस्त्रको झण्डा बोकेर अक्कलबहादुर सगरमाथा चढ्ने


1.7k
Shares

काठमाडौँ । पूर्वसशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहरा सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणमा जाने भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २८ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई संगठनको झण्डा हस्तान्तरण गर्नुका साथै सगरमाथा आरोहरणको सफलताको शुभकानासहित बिदाइ गरे।

उनी सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका छन्। सगरमाथा आरोहरणमा जान लागेका बोहराले संगठनका लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको बताए।

प्रतिक्रिया दिनुहोस्