Logo
Logo

एकीकृत समाजवादी कोशी अध्यक्षमा सरिता खड्का


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कोशी अध्यक्षमा सरिता खड्का चयन भएकी छन् ।

एकीकृत समाजवादी कोशीमा ५ जना अध्यक्षका दाबेदार थिए । उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले संखुवासभाकी खड्कालाई पार्टी प्रदेश अध्यक्ष र खोटाङका जलशेर राईलाई सचिव घोषणा गरेको हो ।

यद्यपि उपाध्यक्ष पद भने एकीकृत समाजवादीले खाली नै राखेको छ । पोलिटब्युरो सदस्यहरू धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र उदयपुर अध्यक्ष विनोद खड्का पनि दाबेदार थिए।

अध्यक्ष मण्डलले संखुवासभाबाट यसअघि प्रदेशसभा सदस्य रहिसकेकी खड्कालाई अध्यक्ष पदमा घोषणा गरेको हो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000