काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको आरोप लगाउँदै उनलाई छानबिन प्रक्रिया मार्फत कारबाही हुने बताएका छन् । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रम हत्या, हिंसा, तोडफोड र आगजनीको उद्देश्यले आयोजना गरिएको दाबी गरे ।

पोखरेलले अराजकता र हिंसालाई मलजल गर्ने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै, देशलाई द्वन्द्वतर्फ लैजान खोजिएको सन्देश दिन खोजिएको बताए । ‘पूर्वराजा शाह समेत गलत कार्यमा संलग्न भएको प्रमाणित भएमा उनी पनि दण्डको भागिदार हुनेछन्,’ पोखरेलले भने ।
लोकतन्त्रको विकल्प वंशवादी शासन हुन नसक्ने जिकिर गर्दै पोखरेलले राजतन्त्र अन्त्यपछिको विकास र जनताको जीवनस्तरमा भएको प्रगति उल्लेख गरे ।
सभामा सहभागी अन्य नेताहरूले पनि गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट हुनुपर्ने बताए । कार्यक्रमअघि पोखराका तीन ठाउँबाट र्याली निकालिएको थियो ।
पोखरेलले आन्दोलनरत शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न बर्खे अधिवेशनमा शिक्षा तथा निजामति सेवा विधेयक पारित गरिने जानकारी दिए। ज्ञानेन्द्र शाह तीनकुने घटनाका मास्टरमाइन्ड हुन् स् ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको आरोप लगाउँदै उनलाई छानबिन प्रक्रिया मार्फत कारबाही हुने बताएका छन् । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रम हत्या, हिंसा, तोडफोड र आगजनीको उद्देश्यले आयोजना गरिएको दाबी गरे ।
पोखरेलले अराजकता र हिंसालाई मलजल गर्ने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै, देशलाई द्वन्द्वतर्फ लैजान खोजिएको सन्देश दिन खोजिएको बताए । ‘पूर्वराजा शाह समेत गलत कार्यमा संलग्न भएको प्रमाणित भएमा उनी पनि दण्डको भागिदार हुनेछन्,’ पोखरेलले भने ।
लोकतन्त्रको विकल्प वंशवादी शासन हुन नसक्ने जिकिर गर्दै पोखरेलले राजतन्त्र अन्त्यपछिको विकास र जनताको जीवनस्तरमा भएको प्रगति उल्लेख गरे ।
सभामा सहभागी अन्य नेताहरूले पनि गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट हुनुपर्ने बताए । कार्यक्रमअघि पोखराका तीन ठाउँबाट र्याली निकालिएको थियो ।
पोखरेलले आन्दोलनरत शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न बर्खे अधिवेशनमा शिक्षा तथा निजामति सेवा विधेयक पारित गरिने जानकारी दिए।