काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगै छलफल गरेर सहमहामन्त्री पदबाट राजीनामा दिएको बताएकी छन् ।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि राजीनामा दिएको हुँ ।’
रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले जानकारी गराएकी हुन् ।
उनले भनिनन् , ‘उहाँ जिम्मेवारीमा आउनुभएपछि हामी एकदम एक्साइटेड थियौं, उहाँले त्यस बेला पार्टी महाधिवेशन त्यही समयमा हुन्छ भनेर भन्नु भएको थियो । त्यस्तोमा एकैव्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुन्छ भन्ने हिसाबले छलफल भएपछि मैले राजीनामा दिएको थिएँ ।’ यद्यपि, आफ्नो राजीनामा प्रक्रियामा अघि नबढेको उनले बताएकी छन् ।
सभापतिले समेत पछिल्लो बैठकमा पार्टीलाई ‘अब म्यासिभ रिफर्म’मा लैजानुपर्छ भनेको स्मरण गराउँदै उनले भनिन्, ‘उहाँले आफ्नो पदबाट डेलिभरी दिन सकिँदैन भने सोचौँ है भनेर भन्नुभएको हो । त्यही स्पिरिटमा दुई हप्ता अगाडि दिएको मैले राजीनामा दिएको हो ।’











