Logo
Logo

दुई लाख घुससहित अदालतका कर्मचारी पक्राउ


441
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम नवलपरासीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई अख्तियार बुटवलले घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्