काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले बालगायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्ने भएको छ । १ असारदेखि हरेक आइतबार र सोमबार बेलुका ८ः३० बजे स्पेस फोर के टेलिभिजन तथा डोको युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।

निर्णायक मण्डलमा दीप श्रेष्ठ, सुबानी मोक्तान र स्वप्न सुमन रहेन छन् । साथै, दशजना ग्रान्ड जुरी सदस्यले पनि प्रतिस्पर्धीको मूल्यांकनमा साथ दिनेछन् । कार्यक्रमको सञ्चालन हास्यकलाकार सुमन काकीले गर्नेछन् । ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ मा ३१ एपिसोड रहनेछन् ।
अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरियालगायतका देशमा रहेका दर्शकले कार्यक्रम हेर्न, प्रतिस्पर्धीसँग जोडिन सक्नेछन् । सहकार्यको सन्दर्भमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवालले भने, ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’जस्ता कार्यक्रमले बालबालिकाको कला र क्षमता उजागर गर्ने मात्र होइन, राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन महŒवपूर्ण भूमिका खेल्छन् ।’











