काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन नो कम्प्रमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ । ‘नो कम्प्रमाइजको वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधँै ठाडो हुन्छ,’ भन्ने जनचेतनामूलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

कम्पनीले स्थापनाकालदेखि नै उत्पादन गर्दै आएको ओपिसी सिमेन्टको गुणस्तर सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ । गुणस्तरको कारणले नै शिवम् सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ प्रथम पुरस्कारबाट सम्मानितसमेत भएको कम्पनीले जनाएको छ ।
हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रमाइज नगरेको स्थितिलाई चित्रण गर्दै शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रमाइज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरू धेरै भिडियो सामग्रीसमेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जानेछन् ।











