Logo
Logo

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य


2k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । विभागले हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारी साधन धनीलाई उच्च प्रविधि जडित इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ । 

The current image has no alternative text. The file name is: imbost.gif

गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । 

आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ। 

विभागका अनुसार इम्बोस्ड नम्बर राख्दा मोटरसाइकललाई २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीलाई २९ सय, चार पाङ्ग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्