Logo
Logo

उपसभामुख राना जोडिएको विषयमा सीआईबीले थाल्यो अनुसन्धान


1.1k
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसार विषयको अनुसन्धान थालेको छ ।

राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको बताए ।

भदौ ५ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानासम्वद्ध संस्था पिए नेपालको संलग्नता रहेको दाबी गरेका थिए ।

२०७२ साल कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए । २०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालसँग सम्बन्धित व्यक्तिहरुले ती बालबालिकालाई जबरजस्ती लिएर गएको बयान दिएका थिए । उक्त संस्थाको कार्यकारी निर्देशक राना थिइन् ।

चौतर्फी चासोको विषय बनेपछि सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जाँचबुझ आयोग गठन भएको थियो । उक्त आयोगले पिए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्