Logo
Logo

नेविसंघ पशुपति इकाइद्वारा दर खाने कार्यक्रम सम्पन्न


3k
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) पशुपति बहुमुखी क्याम्पस इकाइ समितिले आउँदो हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम नेविसंघ पशुपति इकाइ सभापति सरोज लिम्बूको अध्यक्षतामा, ऊर्जा मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा र नेविसंघ निर्वतमान महामन्त्री तथा नेपाली कांग्रेस १४औँ महाधिवेशन प्रतिनिधि मनोज वैद्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले तीज पर्वले महिलाहरूको स्वतन्त्रता र आत्मनिर्भर बन्ने यात्रामा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले महिलाहरू समृद्ध भए देश नै समृद्ध हुने र महिलाका अधिकार सुनिश्चित गर्न अझै धेरै संवैधानिक संशोधन आवश्यक रहेको बताए।

यसको पटकको तीज यही आउँदो मंगलबार परेको छ ।हिन्दु तीज भाद्र शुक्ल प्रतिपदादेखि सुरु भई पञ्चमीको पूजा साङ्गता सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरूमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ।

प्रतिक्रिया दिनुहोस्