Logo
Logo

इजरायलले गर्यो यमनको राजधानीमा हवाई आक्रमण


1.3k
Shares

काठमाडौं । इजरायली सेनाले यमनस्थित हुथीका धेरैवटा अड्डामा हवाई आक्रमण गरेको छ ।

इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यमनको राजधानी सानामा हमला गरेको जानकारी दिएको हो ।

इजरायली सेनाले भनेको छ, हुथी विद्रोहीहरूले प्रयोग गरिरहेका सानाका अड्डालाई निसाना बनाइएको हो । ती अड्डामा राष्ट्रपति भवन रहेको सैन्य क्षेत्र, धेरै पावर प्लान्ट र इन्धन भण्डारण छन् ।

इजरायली सेनाले इरान समर्थित हुथी विद्रोहीहरूले आफ्ना ’आतंकवादी’ गतिविधिका लागि नागरिक संरचना प्रयोग गरिरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्