Logo
Logo

गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस्, सुरक्षा सरकारले गर्छः गृहमन्त्री लेखक


378
Shares

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीलाई समयमै र गुणस्तरीय रूपमा पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन्।

दोधारा चाँदनीमा आयोजित निर्माण व्यवसायी संघको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनमा बोल्दै उहाँले समयमै काम नहुँदा लागत बढ्ने र राज्यको सम्पत्तिमा अपव्यय हुने बताए।

गृहमन्त्री लेखकले शान्तिसुरक्षाको जिम्मा सरकारले लिने उल्लेख गर्दै चन्दा असुली र धम्की दिने कार्य सह्य नहुने चेतावनी दिए।

उनले निर्माण क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लागिपरेको भन्दै, सरकारी तथा निजी निकायको क्षमता अभिवृद्धि जरुरी भएको उल्लेख गरे।

नीतिगत सुधार, सुशासन र दण्डहीनताको अन्त्यमार्फत विकास निर्माण अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताउँदै उहाँले व्यवसायीलाई निर्धक्कसँग काम गर्न आग्रह गरे।

सरकारले व्यवसायीको बक्यौता रु ३५ अर्ब भुक्तानी गरिरहेको जानकारी पनि उहाँले दिए।

प्रतिक्रिया दिनुहोस्