Logo
Logo

झुलाघाट नाकामा आवतजावतमा रोक


0
Shares

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ । जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो ।  

The current image has no alternative text. The file name is: julaghat.gif

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे । उनले भने, ‘भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ। नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन ।’

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ। प्रजिअ भने, ‘भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्