Logo
Logo

अर्थमन्त्री खनालले सामान्य प्रशासन मन्त्रालयको समेत कार्यभार सम्हाले


819
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त कार्यभार पनि सम्हाल्नु भएको छ।

नवनियुक्त मन्त्री खनाल – पदभार ग्रहण काठमाडौँ, ७ असोजः नवनियुक्त अर्थ एवं सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल मङ्गलबार सिंहदरबारस्थित सङ्‍घीय मामिला मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

सोमबार मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार उनलाई यो जिम्मेवारी थप गरिएको हो।

मंगलबार मन्त्रालय पुगेर पदबहाली गरेका मन्त्री खनालले संगठन संरचना सम्बन्धी विषयमा तयार गरिएको फाइललाई सैद्धान्तिक सहमति दिन मन्त्रिपरिषद्मा पेस गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए।

पदबहालीपछि मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री खनालले सेवा प्रवाहमा प्रभावकारिता ल्याउन र भ्रष्टाचार न्यूनीकरणमा कडाइ गर्नुपर्नेमा जोड दिए। उनले “जेनजी आन्दोलनको मूल माग भ्रष्टाचारविरुद्धको सङ्घर्ष हो” भन्दै, प्रशासनले जनविश्वास कायम गर्न पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्नुपर्ने बताए ।

मन्त्री खनालले इमानदार कर्मचारीको आत्मसम्मानको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै, भ्रष्टाचारमा संलग्न हुने जो–कोही कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट रुपमा चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्