Logo
Logo

ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान


378
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवा निगमको जहाजबाट अपरान्ह नयाँ दिल्ली उडेका हुन् ।

४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुने यो सभा कार्तिक १० देखि १३ गतेसम्म चल्नेछ । सभामा सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति, जलवायु परिवर्तन न्यूनीकरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा उच्चस्तरीय छलफल हुनेछ । मन्त्री घिसिङले नेपालको तर्फबाट सम्बोधन गर्दै स्वच्छ ऊर्जा रूपान्तरण, क्षेत्रीय अन्तरआबद्धता र विश्वव्यापी सहकार्यको परिकल्पना प्रस्तुत गर्नेछन् । 

नेपालले सौर्य ऊर्जा विस्तारमा प्रतिबद्धता जनाउँदै भदौमा १०१औँ सदस्यको रूपमा आईएसएमा आबद्ध भएको थियो । सन् २०१५ मा पेरिस घोषणापछि स्थापित आईएसएले २०३० सम्ममा एक हजार अर्ब डलरभन्दा बढी लगानी परिचालन गरी सौर्य ऊर्जालाई विश्वव्यापी बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्