काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।

यसअघि उनको अघिल्लो चलचित्र ‘वसन्त’ सार्वजनिक हुनुअघि एक समारोहलाई सम्बोधन गर्दै सपुतले ‘सङ्घर्ष गर्नेहरूका लागि केपी ओलीको जीवन प्रेरणादायी रहेको’ भन्दै ओलीको प्रशंसा गरेका थिए।
उनको सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएका थिए। यतिसम्म कि उनको चलचित्र बहिष्कार गर्नुपर्ने धारणा समेत आक्रोशित दर्शकहरूबाट आइरहेका थिए। यही विवादका कारण पनि उनको सो चलचित्र अपेक्षित चल्न सकेन।
सोही प्रसङ्गलाई लिएर ‘सोल्टिनी’ को प्रचार कार्यक्रममा एक पत्रकारले सपुतलाई, ‘तपाईंले केपी शर्मा ओलीको प्रशंसा गर्नु गलत भयो ?’ भनी प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा सपुतले संक्षिप्त जवाफ दिँदै भने, ‘गलत भयो।’











