Logo
Logo

मधेशमा आज सार्वजनिक बिदा


567
Shares

काठमाडौं । विवाहपञ्चमी पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले सूचना जारी गर्दै आज मधेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

जनकपुर मिथिलाको प्राचीन राजधानी हो । यहाँ हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह महोत्सव हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्