
काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएकाा प्रहरी टोलीले त्यहााँट हटाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको जानकारी दिए । प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।
यसअघि सोमबार दिउँसो ज्ञापनपत्र बुझाउन पुगेका जेनजी समूहलाई समय नदिई प्रधानमन्त्री सुशीला कार्की सिंहदरबारबाट बाहिरिएकी थिइन् ।
प्रधानमन्त्रीको समय मिलाउन खोज्दा प्रमुख स्वकीय सचिवले फोन ‘स्विच अफ’ गरेर बसेको र म्यासेजको समेत रिप्लाई नदिएको जेनजीहरुको गुनासो छ । आफूहरूलाई नभेटि प्रधानमन्त्री हिँडेपछि अभियन्ताहरू थप आक्रोशित बनेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा उनीहरू ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका थिए ।











