Logo
Logo

विश्वव्यापी तापक्रम सीमित राख्ने प्रतिवद्धतामा नेपालको पनि ऐक्यबद्धता


252
Shares

काठमाडौँ । ब्राजिलको बेलेममा सम्पन्न कोप–३० सम्मेलनमा १९४ देशले जलवायु परिवर्तनविरुद्ध सामूहिक प्रतिवद्धता जनाए ।

The current image has no alternative text. The file name is: cop-30.jpg

जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्यायमा सहमति जुटाउन समय लागे पनि सम्मेलनले स्वच्छ ऊर्जा, जलवायु सहनशीलता र न्यायोचित रूपान्तरणका नयाँ सहमति निकालेको संयुक्त राष्ट्रका कार्यकारी सचिव साइमोन स्टिलले बताए ।

नेपालले हिमाल संरक्षण, जलवायु वित्त र प्रविधि हस्तान्तरणका मुद्दा उठायो । मन्त्री डा. मदनप्रसाद परियारले तापक्रम १.५ डिग्रीमा सीमित राख्न सबै देशको सक्रियता अपरिहार्य असल्यिे बताए । सचिव डा. राजेन्द्रप्रसाद मिश्रका अनुसार नेपालले हिमाली क्षेत्रको संवेदनशीलता विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्‍यो ।

सम्मेलनले अब राष्ट्रिय जलवायु योजनाको छिटो कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्