Logo
Logo

जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको जसपा नेपालले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

त्यसैगरी जसपा नेपालले मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

जसपा नेपालले मंसिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दा अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मंसिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा÷जनसभा आयोजना गर्ने बताइएको छ ।

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते भैरहवामा तय गरिएको छ । यसका अतिरिक्त अन्य विरोधका कार्यक्रम पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्