Logo
Logo

प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनै पर्छ : शिक्षामन्त्री पुन


189
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानून ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धि कानुन ल्याउन लागेको पनि स्पष्ट पारे । उनले सो सम्बन्धमा कसरी कानूनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरुसँग छलफल भइरहेको समेत जानकारी दिए ।

विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहनुभएको मन्त्री पुनले बताए ।

मन्त्री पुनले भने, ‘कानुन कसरी आउँछ ? हेर्दैछौँ । तर विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास हुँदैछ । अध्यादेशबाट हुन्छ कि के छ कानुनविद्हरूसँग सरसल्लाह हुँदैछ, हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारनदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ । अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन । यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्