काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन् ।

अब सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत ( फोटोग्राफर ) र अवैतनिक जनस्वास्थ्य विज्ञ गरी ६ पद मात्रै कायम रहने छन् । बाँकी सबै पदको नियुक्ति भोलिबाट खारेज हुनेछ ।
पहिले प्रधानमन्त्री कार्कीको सचिवालयमा २० जनाको समूह थियो । पछिल्लो पटक निकटवर्ती नियुक्ति बाहिरिएपछि विवाद भएपछि यो कदम उठाइएको बताइएको छ ।











