
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।
कार्यालयले सूचनामार्फत विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।












