
काठमाडौं । जेनजीको समूहले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि माइतीघरमा भेला भएर पम्प्लेटसहित उनीहरुले सरकारको विरोध गरेका हुन् ।
उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, ‘सुशीलाको पाराले दुख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी समूह फेरि सडकमा उत्रिएको हो । प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ ।











