काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बिच एकता भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको घोषणा गरिएको हो ।

नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर एकताको सहमतिपत्रमा हस्ताक्षर गरे । जसमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ साथै दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले दलहरूको असफलताका कारण जनेजी आन्दोलन भएको र सो आन्दोलनमा देशभित्र र बाहिरका अपराधीक मानसिकता भएकाको घुसैपठले हिंसात्मक बनाएको बताए ।
त्यस्तै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नयाँ युवाहरूलाई पार्टीको नेतृत्व सुम्पिनका लागि आफू तयार भएकाले सन्तुष्टीपूर्वक नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानसंग एकताको निर्णय गरिएको बताए ।











