Logo
Logo

जेनजी पुस्ताका युवाभन्दा कुनै हिसाबले हामी कम छैनौँ: प्रचण्ड


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका शीर्ष नेताहरू उमेरका हिसाबले जीवनको उत्तरार्धतिर पुगिसकेको स्वीकार गरेका छन् । तर राष्ट्रिय जिम्मेवारी र समाजवादी यात्रालाई अगाडि बढाउने सन्दर्भमा आफूहरू ‘जेनजी’ पुस्ताका युवाभन्दा कुनै हिसाबले कम नरहेको दाबी पनि गरेका छन् ।

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उमेरका हिसाबले हामी यहाँ उपस्थित सबै शीर्ष नेता उत्तरार्धतिरै छौँ । तर राष्ट्र बचाउने जिम्मेवारी, समाजवादको यात्रालाई जसरी पनि अगाडि बढाउने सङ्कल्पमा हामी कुनै ‘जेनजी’ युवाभन्दा कम छैनौँ ।’

उनले अन्तिम साससम्म अभिभावकीय भूमिका निर्वाह गर्ने र नयाँ पुस्ताको ऊर्जालाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले पदमा टाँसिएर बस्न खोजेको भन्ने आरोप पनि लाग्ने गरेको छ,’ प्रचण्डले भने, ‘हामीलाई पद चाहिएको होइन । सक्रिय राजनीतिमा रहने वातावरण बन्यो भने पद हाम्रा लागि ठूलो कुरा होइन । हामी नयाँ पुस्ताका सच्चा अभिभावक बनेर उनीहरूको शक्तिसँग जोडिएर समाजवादी क्रान्तिलाई पूरा गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्