Logo
Logo

धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा


882
Shares

काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाइ प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंकामा धरौटी बुझाएर महरा रिहा भएका हुन् । 

The current image has no alternative text. The file name is: Krishna-Bahadur-Mahara.jpg

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मूल जाहेरीमा महराको नामै छैन । पहिलो पूरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरू अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।

मूल अभियोग र पहिलो पूरक अभियोगको समेत प्रमाणहरूको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो ।

यसअघि २९ असोज मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनलाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्