Logo
Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्छः राजेन्द्र श्रेष्ठ


441
Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्ने बताएका छन्।

बिहीवार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डा उठाएकाले एकता गरेको बताएका हुन्। उनले जेनजी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठे पनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताए।

राजनीतिक स्थिरताबिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उनको कथन छ। शासकीय स्वरूप परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ। श्रेष्ठले भने, ‘जेनजी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो। राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ। विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्छ। यो कुरा काँग्रेस एमालेले उठाएको छ? यो कुरा नेपाली कम्युनिष्ट पार्टीले आज उठाएको छ। त्यसैले हामी नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरेका हौँ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट अब संघीय समाजवादतर्फ अघि बढ्नुपर्ने जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्