
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३८ प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











