Logo
Logo

आज धनगढीमा नेकपाको सन्देश सभा, प्रचण्ड, माधव लगायत नेताले सम्बोधन गर्ने


945
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौ बाहिर देखिन लागेको हो ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४, कोशीको विराटनगरमा मङ्सिर १५, कर्णालीको सुर्खेतमा मङ्सिर १८, मधेशको जनकपुरमा मङ्सिर २० र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्