Logo
Logo

जेनजी आन्दोलनमा कारागारबाट भागेका थुनुवा मृत भेटिए


1.2k
Shares

काठमाडौं । दाङको तुलसीपुर कारागारबाट भागेका थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् ।

जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

मुखमा फिँज आएको अवस्थामा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ । उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ । उनको आज भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्