Logo
Logo

वर्षौदेखि अलपत्र पटारी खोला पुलको ठेक्का तोडियो


315
Shares

फाइल फाेटाे

काठमाडौं । सरकारले चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का तोडेको छ ।

हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गर्दै पुल निर्माणको ठेक्का पाएको लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरसँग ठेक्का सम्झौता तोडिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार ठेकेदार कम्पनीले काम अलपत्र पार्नुका साथै पटक–पटक सम्पर्कमा नआएपछि कानूनी प्रक्रिया अनुसार ठेक्का तोड्न बाध्य भएको हो।

यसअघि कार्यालयले १५ दिनभित्र स्पष्टीकरण माग गर्दै पत्राचार गरेको थियो । तर स्पष्टीकरण नदिएको, निर्माण कार्य सुरु नगरेको र कम्पनीका प्रतिनिधिहरू समेत सम्पर्कविहीन भएको कारण ठेक्का स्वतः खारेज गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्