Logo
Logo

मंसिर अन्तिम सातादेखि सेना परिचालन गरिने


2.1k
Shares

फाइल फाेटाे

काठमाडौं । सरकारले यहि मंसिर अन्तिम सातादेखि सेना परिचालन गर्ने भएको छ । देशमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै सरकारले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको माहोल तयार पार्न तीन महिनाअघि सेना परिचालन गर्न लागेको हो ।

आसन्न निर्वाचनको प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरिसकेका छन् । त्यसकारण सरकारले यही मंसिरको अन्तिम साताबाट सेना परिचानको तयारी गरेको हो ।

मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्