काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रवार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् ।
पोखरेलले २०७७ मङ्सिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका हुन् ।











