
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् ।
निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल ३ हजार ६५० मतमध्ये पुरुष खुल्लातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा घिमिरेले १ हजार २०७ म प्राप्त गरे ।
बसन्त कुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोख्रेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् ।
त्यस्तै महिला खुला तर्फ दिपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुषमा श्रेष्ठ २ हजार ८६३ मतसहित निर्वाचित भएका छन् ।
युवा खुलातर्फ तेज बहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक तथा आशा परियार निर्विरोध चयन भएका छन् ।











